• २०८१ फाल्गुन ७ गते बुधवार

नेपाल अमेरिकासँग ६ विकेटले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, ओमान । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो ।

 

ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा नेपालले दिएको १७५ रनको लक्ष्य पछ्याइ रहेको अमेरिकाले २९ ओभर १ बलमा ४ विकेट गुमाउँदै १७५ रन बनायो ।

अमेरिकाका लागि स्टेभिन टेलोरले ९२ रनको अर्धशतकीय पारी खेले । ६३ बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गरे । अमेरिकाका लागि मोनाङ्क पटेलले ३८ रन बनाउँदा जसकरन मलोत्राले ३६ रनको योगदान गरे ।

प्रतिक्रिया दिनुहोस