असोज १, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिजअन्तर्गत नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान मल्लले ९१ बलमा अर्धशतक प्रहार गरेका हुन् ।
योसँगै कप्तान मल्ल नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका छन् । ज्ञानेन्द्रले पूर्व कप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान तोडेका हुन् । पारसले १० खेल खेल्दै एक शतक र एक अर्धशतक मद्दतमा ३१५ रन बनाएका थिए । जसलाई कप्तान मल्लले पूरा गर्न सफल भए ।
अमेरिकामाथि पहिलो खेलमा पाँच विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा कमजोर ब्याटिङ गरेको छ । नेपालले हाल जारी खेलमा ४० ओभरमा ६ विकेट गुमाउँदै १४४ रन बनाएको छ।