• २०८१ पुष २९ गते सोमवार

बाँके प्रहरीले ५ हजार अबैध बोइलर कुखुराको चल्लासहित ७ जना पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

भदौ १, बाँके। नेपालगन्ज १३ बाट भन्सार चौरी पैठारी गरी ल्याइएको ५ हजार ५ सय वटा चल्लासहित ७ जना पक्राउ परेका हुन ।

७ वटा साईकलमा ७ जनाले ती चल्ला नेपाल भित्राएका थिए । बाँके प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले फेला पारी रितपुर्वक बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस