भदौ १, काठमाडौं । प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मङ्गलबार दिउँसो शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख मिश्रलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६७ बमोजिम मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हाे ।