• २०८१ पुष २९ गते सोमवार

मेलम्चीको बाढीमा हराएका दुई चिनियाँ र एक भारतीयको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा मंगलबार रातिदेखि आएको बाढीमा परी हराइरहेका चिनियाँ र भारतीय नागरिकमध्ये तीन जनाको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको जनाएको हो ।

चिनियाँ नागरिक गोङ टियान छियो, यु.चि.झ र भारतीय नागरिक कमल लोचनको शव फेला परेको हो । गोङ टियान छियाको शव सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ बदेरीस्थित इन्द्रवती खोलाको किनारमा र यु.चि.झको शव सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटस्थित सुनकोशी नदीको किनारमा भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । त्यस्तै लोचन महतोको शव सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सुनकोशी नदीको किनारमा फेला परेको हो ।

त्यस्तै बाढीले बगाएर अझै १७ जना वेपत्ता रहेका छन् । जसमध्ये दुई भारतीय विजय बासुमन्तरी, जिनडाओ बासुमन्तरी र एक चिनियाँ सन यु चुवान अझै वेपत्ता रहेका छन ।

प्रतिक्रिया दिनुहोस