• २०८१ असोज २० गते आइतवार

दुई मन्त्रीसहित चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, एजेन्सी। भारतको केन्द्रीय अनुसन्धान विभाग(सीबीआई) ले पश्चिम बङ्गाल सरकारका दुई जना मन्त्रीसहित चार जनालाई पक्राउ गरेको छ ।

नारदा स्टिङ मुद्दामा छानबिन गरिरहेको सीबीआईले उनीहरूलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ । पक्राउ पर्नेहरूमा पश्चिम बङ्गाल सरकारका मन्त्रीहरू फिरहाद हकीम र सुब्रत मुखर्जी तथा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् पूर्व मन्त्री शोभनदेव चटर्जी र तृणमूलका विधायक मदन मित्र रहेका छन् । शोभनदेव केही समयअघि तृणमूल छाडेर भाजपामा प्रवेश गर्नुभएको हो । बाँकी सबै मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसका नेता हुन् । राज्यपाल जगदीप धनखडले पक्राउ परेका नेताहरूविरुद्ध आरोपपत्र दायर गर्न अनुमति दिइसक्नुभएको सीबीआईले जनाएको छ ।

तृणमूल कांग्रेसका प्रभावशाली नेताहरूले शक्ति दुरुपयोग गर्दै घुस लिएर निजी कम्पनीलाई गैरकानुनी काम गर्न दिएको आरोप लागेको छ । मुख्यमन्त्री ममता बनर्जीले नेताहरू पक्राउ गर्न स्वीकृति दिने अधिकार राज्यपाललाई नभएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस