• २०८१ भाद्र २५ गते मङ्गलवार

मदन–आश्रितको नाममा स्वार्थको रोटी सेक्न छोडौँ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको नाममा स्वार्थको रोटी सेक्न छोड्न अनुरोध गर्नु भएको छ । ट्वीटरमार्फत मदन–आश्रितको नाममा स्वार्थको राजनीति भइरहेकाले त्यो नगर्न अनुरोध गर्नु भएको हो ।

पूर्वप्रधानमन्त्री भट्टराईले ‘रहस्यमय’ दासढुंगा घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गर्दै मदनको उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निक्र्यौल अनुरोध गर्नु भएको छ । उहाँले मदन भण्डारी, जिवराज आश्रीत, पुर्व प्रधानमन्त्री स्वर्गिय मनमोहन अधिकारी, कम्युनिष्ट नेतृ सहाना प्रधान, पुर्व अर्थमन्त्री स्वर्गिय भरतमाेहन अधिकारीसहितकाे फोटो समेत राख्दैं ट्विट गर्दै लेख्नु भएको छ “२०५०जेठ३गते दासढंुगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन-आश्रितप्रति हार्दिक श्रद्धासुमन! मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं। नत्र वहाॅहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं!”

मदन–आश्रितको २०५० जेठ ३ गते दासढुंगामा रहस्यमय जिब दुर्घटनामा ज्यान गएको थियो। आश्रितको जिबमै शव भेटिएको थियो भने भण्डारीको लाश तीन दिनपछि नारायणी नदी किनारमा भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस