• २०८१ साउन ३ गते बिहिवार

नेकपा (एमाले) संसदीय दलको बैठक विहीवार बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विहिबार विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

प्रमुख सचेतक भट्टराईले माधावकुमार नेपाल पक्षका सांसदहरुलाई पनि खवर गरेको बताउनु भयो । बैठकमा आउने नआउनेबारेमा नेपाल पक्षका सांसदहरुबाट कुनै प्रतिक्रिया आइनसके पनि बैठकमा आउनुहुन्छ भन्ने आफूहरुको विश्वास रहेको प्रमुख सचेतक भट्टराईले बताउनु भयो ।

खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला भोलि विहिबारसम्म चल्ने भएकाले सांसदहरु बैठकमा जाने सम्भावना कम रहेको सो पक्षका नेताहरुले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस