• २०८० फाल्गुन ११ गते शुक्रवार

तारकेश्वरमा ५ हजारले लगाए कोभिड विरुद्धको खोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ४, काठमाडौं । तारकेश्वर नगरपालिकामा दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप कार्यक्रम बुधबारबाट बन्द गर्ने निर्णय गरेको छ । दोस्रो चरणमा नगरपालिकाका जेष्ठ नागरिकहरु र पहिलो चरणमा छुटेकाहरुलाई कोभिड विरुद्धको खोप लगाइएको हो ।

तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाका केशव खरेलका अनुसार गत फागुन २३ गतेबाट सञ्चालन भएको दोस्रो चरणको कोभिड विरुद्धको खोप कार्यक्रममा ५ हजारको संख्यामा मानिसहरू खोप लगाएका छन । तारकेश्वर नगरपालिकामा दुई ठाउँबाट खोप सेवा सन्चालन गरिएको थियो। तारकेश्वर नगरपालिका वडा नं. ६ को स्वास्थ्य चौकी र वडा नं. ९ मनमैजुको स्वास्थ्य चौकीबाट खोप कार्यक्रम सञ्चालन गरिएको थियो । ।

प्रतिक्रिया दिनुहोस