माघ ४, नुवाकोट । नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं.०५ समिबोटबाट प्रहरीले अवैध रुपमा काठ लोड गरिएको काठ सहित एक गाडीलाई नियन्त्रणमा लिएको छ । माघ २ गते रातको समयमा जिल्ला बेलकोटगढी नगरपालिका वडा नं.०५ समिबोटमा अवैध रुपमा काठ लोड गरी ओसारपसार गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले ७ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको मातहत अस्थाई प्रहरी पोष्ट कोल्फुटारबाट प्रहरी टोली खटि बेलकोटगढी नगरपालिका वडा नं।०५ झिल्टुङबाट कोल्फुटार तर्फ अबैध रुपमा सालको काठ लोड गरी लैजादै गरेको अवस्थामा प्रदेश नं.३-०१-०२४ च ४२७० नं.को टाटा योद्धा गाडीमा सालको काठ थान( २० र फडिरको काठ थान ३ (तिन) गरी जम्मा २३ गोलिया काठ (४३.७३ क्युफिट) सहित ७ जना मानिस नियन्त्रणमा लिएको हो । उनिहरुलाई आवश्यक कारवाहिको लागी उक्त काठ र गाडी सहितडिभिजन वन कार्यालय नुवाकोटमा बुझाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।