माघ ४, काठमाडौँ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव दलहरुसँग गरेको छ ।
सबै राजनीतिक दलहरुसँगको छलफलमा आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने तथा त्रुटि भए सच्याउन १६ र १७ गते निवदेन दिने प्रस्ताव गरेको छ । साथै आयोगले उक्त छलफलमा निर्वाचनसम्बन्धी प्रस्तावित अन्य कार्यक्रमबारे पनि छलफल गरेको बताइएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ ।