माघ ४, काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा साधारण सभा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाको आर्थिक वर्ष २०७६–७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, सोहि मितिमा समाप्त आवा २०७६–७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसूचीहरू परित भएको छ ।
यसका साथै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ ।