• २०७९ असोज ९ गते आइतवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा वसन्त लामिछाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, दाङ  । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा वसन्त लामिछानेलाई जिम्मेवारी दिइएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय बैठकबाट डा लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।

बिहीबार बसेको सहकुलपतिस्तरको बैठकले शिक्षाध्यक्षसमेत रहेका लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रतिष्ठानका उपकुलपति सङ्गीता भण्डारीको कार्यकाल मङ्सिर २६ गते सकिएपछि डा लामिछानेलाई जिम्मेवारी तोकिएका हो ।

प्रतिक्रिया दिनुहोस