• २०८२ बैशाख ७ गते आइतवार

जसपाका मन्त्री यादव बर्खास्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३०, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गर्नुभएको छ ।

मुख्यमन्त्रीले मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो । जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी छ ।

यसअघि मंगलबार मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेको तर नदिएपछि पदमुक्त गरेको अर्थमन्त्री साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस