• २०८० फाल्गुन १० गते बिहिवार

तारकेश्वरको फुटुङमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१,काठमाडौँ। काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका(७ फुटुङमा बा ३५ प ५२ ५० नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका चालक तारकेश्वर-८ गैरीगाउँका ३० वर्षका सुरेश लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्या मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस