• २०८१ फाल्गुन ७ गते बुधवार

काठमाडौं महानगरपालिकालाई कर उठाउनै सकस

पत्रपत्रिका पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१,काठमाडौँ। राजनीतिकलगायत विभिन्न शक्ति केन्द्रको दबाबका कारण काठमाडौं महानगरपालिकालाई कर उठाउन सकस परेको छ । निकै तामझामका साथ बाजा बजाएर कर संकलन गर्न थालेको महानगरलाई राजनीतिक नेतृत्व र ठूलाबडाको दबाब थेग्न गाह्रो परेको छ ।

त्यसले गर्दा अपेक्षितरूपमा कर संकलन हुन नसकेको बताइएको छ । महानगरले करिब ७० सरकारी र अन्य निकायलाई कर तिर्न ताकेता गर्दै पत्र पठाएको थियो । पत्र बुझेर पनि कर तिर्न अटेर गरेपछि २८ वर्षदेखि कर तिर्न अटेर गरेका करदातालाई ३० दिनभित्र कर तिर्न आग्रह गर्दै करदाताको कार्यालयमै पुगेर माइकिङ गरेको थियो । माइकिङ गर्दा पनि केही उपाय नलागेपछि बाजाजागासहित कर तिर्न आग्रह गरेको थियो ।

कामनपा राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारी भन्नुहुन्छ– ‘सकेसम्म प्रयास गर्दा पनि हालसम्म झन्डै ५ करोड रुपियाँ मात्र असुली भएको छ ।’ उहाँका अनुसार ती निकायसँग करिब ६० करोड रुपियाँ कर असुल्न बाँकी छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस