असार २, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल क्षेत्र नं ८ तथा राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीको तर्फबाट राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष किरण पौडेललाई मायाको चिनो प्रदान गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीले कोरोना संक्रमणको जोखिमको समयमा गरिरहेको गतिबिधीको जानकारी दिदैं केन्द्रीय अध्यक्ष पौडेललाई मायाको चिनो प्रदान गरिएको हो ।
राष्ट्रिय युवा संघ केन्द्रिय नवनियुक्त अध्यक्ष पौडेलले राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीले गरिरहेको कार्य एकदमै सर्हाय रहेको र यस्तो कार्य सबै वडाले सिक्नुपर्ने बताउनु भयो। अब राष्ट्रिय युवा संघ नेपालले सबै युवाहरुलाई राजनीति रूपमा मात्र नभई समाजिक, खेलकुद, संगीत क्षेत्र तिर पनि अभिप्रेरित गर्ने बताउनु भयो । साथै काठमाडौं जिल्ला संयोजकलाई काठमाडौंको हरेक टोल टोलमा राष्ट्रिय युवा संघ नेपालको संगठन बिस्तार गर्न निर्देशन दिनुका साथै राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो।
भेटघाटका क्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी अध्यक्ष पौडेलले राष्ट्रिय युवा संघ नेपाल काठमाडौं क्षेत्र नं ८ तथा राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीका युवाहरुलाई कोरोना संक्रमणको यो विषम परिस्थितिमा सुरक्षित भइ अगाडि बढ्नका लागि पिपिइ सेट प्रदान गर्नुभएको छ । कोरोना संक्रमणको यो अवस्थामा राहात वितरण, खोप अभियान लगायत एम्बुलेन्स सेवा समेत सञ्चालन गरेको राष्ट्रिय युवा संघ नेपाल काठमाडौं क्षेत्र नं ८ तथा राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीका युवाहरुलाई आफु पनि सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न निर्देशनात्मक भनाई राख्दै १० जोर पिपिइ सेट प्रदान गर्नुभएको हो ।
भेटवार्ता गर्नुका साथै अहिलेको राजनीतिको समसाहिक विषयको बारेमा, क्षेत्र नं ८को गतिविधि सम्बन्ध एवं राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक निसार उद्दिन ज्युले क्षेत्र नं ८ भित्र राष्ट्रिय युवा संघ नेपाल केन्द्रले दिएको निर्देशन अनुसार गरिएको तथा क्षेत्र नं ८ भित्रका सबै वडाहरुमा संगठन बिस्तारको तयारीमा रहेको बताउनु भयो ।
राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीका अध्यक्ष किसन डंगोलले राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीले यस कोभिड(१९ को विषम परिस्थितिमामा आफ्नो वडा बासीहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको,अक्सिजनको सहजीकरण ,राहत वितरण गर्नुका साथै राष्ट्रिय युवा संघ नेपाल केन्द्रको निर्देशन अनुसार कोभिड(१९ विरुद्ध खोप केन्द्रमा स्वयंसेवकको भुमिका निर्वाह गरिरहेको जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय नवनियुक्त अध्यक्ष किरण पौडेल, केन्द्रिय महासचिव रमेश आचार्य, स्थायी कमिटी सदस्य एव काठमाडौंका इन्चार्ज शिव कुमार महर्जन,केन्द्रिय स्थायी कमिटीका सदस्य अमित पौडेल, केन्द्रिय सचिवालय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याल, सचिवालय सदस्य समुन्द्र तिमल्सिना लगायत नेकपा एमाले काठमाडौं महानगर सदस्य लक्ष्मण शाही, उद्दव खड्गी, नेकपा काठमाडौं एमाले महानगर सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक निसार उद्दिन, राष्ट्रिय युवा संघ कामपा १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उद्दिन, सचिव संजय शाही, सदस्य बाबु राजा श्रेष्ठ, सदस्य दिलिप खड्गी, महोमद अरमानको उपस्थिती रहेको थियो ।