जेठ २, काठमाडौं । काठमाडौं महानगरपालिका-२० रामघाट बस्ने मैयाश्वरी पुजारीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना पुरुष र ७ जना महिला गरी १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मैयाश्वरीको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ८५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।