• २०८१ असोज २९ गते मङ्गलवार

दाङका उद्योगपति बुढाथोकीद्धारा बिरामीलाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग गर्न गर्नुभएको छ । दाङ जिल्लाको एक असल प्रतिष्ठित ब्यबसायी, उद्योगपति तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथाकीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सहयोग स्वरुप ३० वटा अक्सिजन सिलिन्डर सहयोग गर्नु भएको हो ।

दाङमा अक्सिजन सिलिन्डर अभावका कारण थुप्रै कोरोना संक्रमितले ज्यान गुमाइरहेको अबस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानको आइशोलेसनमा उपचाररत बिरामीको लागि उक्त अक्सिजन सहयोग गर्नु भएको हो दाङका उद्योगपति बुढाथोकीले बताए । बिभिन्न समाजसेवामा सक्रिय बुढाथोकीले आफ्नो ब्यक्तिगत खर्चोमा ३० थान अक्सिजन सिलिन्डर सहयोग गर्नु भएको हो ।

कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला कोहि पनि कोरोना संक्रमणले ज्यान गुमाउन नपरोस भनि सहयोग गरेको बुढाथोकीले बताए । प्रतिष्ठानमा रहेर महामारीसंग लडिरहेका र महामारीबाट बचाउन संघर्ष गरीरहेका स्वाथ्यकर्मीहरुको लागि उद्योगपति बुढाथोकी प्रबन्ध निर्देशक रहेको सञ्जिवनी कलेजले २ महिना सम्म खमजम खर्च ब्यहोर्ने भएको छ । प्रालिको बैठकले यस्तो निर्णय गरेको उद्योगपति बुढाथोकीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस