बैशाख ३, बाँके । नेपालगन्जको जमुनाहमा बिहान प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगन्जको धम्बोझी चोकमा सवारी साधन चलाएका होस् या रिक्सामा सवार र पैदलयात्री सबैलाई मास्क लगाउन अनुरोध गर्नुभयो । मास्क नलगाएकालाई मास्क किन्न लगाई मास्क लगाएर गन्तव्यतर्फ पठाइएको थियो ।
त्यस अवसरमा प्रदेश सांसद् कृष्णा केसी नमुना जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना, सशस्त्र प्रहरी बाँके प्रमुख एसपी अशोक बम, अनुसन्धान विभाग बाँके प्रमुख एसपी नरेन्द्र गिरी, वडा प्रहरी प्रमुख प्रहरी निरिक्षक डिल्ली बहादुर खड्का लगायतको उपस्तिथि रहेको थियो ।
सबैले सडकमा उभिएर सबैलाई मास्क लगाउन अनुरोध गर्नुभएको थियो । कोरोना तीव्र गतिमा बढेपछि अनिवार्य मास्क लगाउन आग्रह गरिएको छ ।