• २०८२ बैशाख ९ गते मङ्गलवार

बामदेव गौतमले परिवर्तन गरे पार्टी एकता अभियानको नाम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौं। नेकपा एमालेका नेता वामदेव गौतमले आफ्नो अभियानको नाम फेरेर ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान’ बनाउनु भएको छ ।

यसअघि एमाले र माओवादी केन्द्र एकै हुँदा उहाँले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान’ राख्नु भएको थियो । तर सार्वोच्च अदालले एकाले र माओवादी केन्द्रको एकतालाई बदर गरिदिएकाले नेता गौतमले आफ्नो एकता अभियानको नाम पनि परिवर्तन गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिपफरिस गरेपछि पार्टी विभाजनको संघारमा थियो । त्यसयता देखि नै नेता गौतमले कुनै पार्टीमा पक्षमा नलागि एकता अभियानमा लाग्नु भएको थियो । उहाँ अझै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष मिलेर नेकपा एकता जोगाउनु पर्ने बताउदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस