• २०८१ असोज २० गते आइतवार

प्रतिनिधिसभा बैठक ६ गतेसम्मका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३, काठमाडौँ। प्रतिनिधिसभाको बैठक यही ६ गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।

संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित हुनुहुन्थ्यो । यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस