चैत्र ०३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा स्पष्ट रुपमा तिन गुटमा विभाजन भएको देन्न थालिएको छ । शीर्ष नेताहरुबीच सहमति हुन नसक्दा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले मंगलबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका हुन।
मंगलबार एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ११ बजे लागि बालुवाटारमा चियापान आह्वान राख्नुभएको थियो भने माधव नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाका सन्दर्भमा मंगलबार दिउँसो दुई बजे हेरिटेज गार्डेन् सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । यस्तै पार्टी एकता राष्ट्रिय अभियानको केन्द्रीय कार्यसम्पादन समिति बैठक बामदेव गौतमले ११ बजे राख्नु भएको थियो ।
एमालेभित्रको मतभेत र विवाद अन्त्यका लागि सोमबार पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफल निस्कर्षमा नपुगेपछि गुटगत कार्यक्रम नरोकिएको हो ।