• २०८१ बैशाख ६ गते बिहिवार

भागरथीको बलात्कार पछि हत्या प्रकरणमा १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ४, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति दोगडाकेदार गाउँपालिकाकै सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । भागरथी बेपत्ता भएको दिन उनी बैतडीको खोचलेक बजारमा थिए । खोचलेक बजारमा उनले भागरथीको पिछा गरेको देखिएको प्रहरी अनुसन्धान बाट खुलेको छ । भागरथी मृत फेला परेको दिनदेखि भने उनले बैतडी छाडेका देखिएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनको घरमा भागरथीको मोबाइलको ब्याट्री फेला पारेको थियो ।

भागरथीको मोबाइलको ब्याट्री फेला परे देखिनै प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । पछिल्लो समय उनी वनबासा नाका हुँदै भारत जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस