• २०८१ फाल्गुन २ गते शुक्रवार

प्रचण्ड-माधव र ओली पक्षका विद्यार्थीबीच आरआर क्याम्पसमा झडप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्ष र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा दुई पक्षका विद्यार्थीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

मंगलबार बिहान क्याम्पसमा सरस्वती पूजा गर्ने विषयमा विवाद हुँदा झडप भएको स्ववियु सभापति तपेन्द्रजंग शाहीले बताए । दुबै पक्षले सरस्वती पुजाको आयोजना गरेपछि झडपको स्थिति बनेको हो । आफूहरुकोमाथि ओली पक्षका कार्यकर्ताले कुटपिट गरेको आरोप प्रचण्ड माधव पक्षले लगाएको छ ।

ओली पक्षले भने आफूहरुले आयोजना गरेको सरस्वती पूजाको कार्यक्रममा प्रचण्ड माधव पक्षका विद्यार्थी नेताहरुले अवरोध गर्न खोजेपछि झडप भएको बताएका छन । झडपमा परि प्रचण्ड माधव पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस