फागुन ४, खोटाङ। खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्लमास्थित छेकालुङ खोलामा ट्याक्टर दुर्घटना हुँदा खोटेहाङ गाउँपालिका–१ का अन्दाजी १९ वर्षीय सञ्जिव खड्काको घट्नास्थलमै मृत्यु भएको हो ।
आज दिक्तेलबाट आफन्तको घर गएर फर्कने क्रममा को २ त ८५७९ नम्बरको ट्याक्टर तिर्वगतिका कारण घुम्तिमोडमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ट्याक्टर चालक फरार रहेका र सहसचालक घाइते भएको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।