फागुन ४, काठमाडौँ। माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारमा वसन्त श्रवण गरेकी छन् ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् ।
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का उपलक्ष्यमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली सभामुख अग्नी सापकोटालगायतको सहभागीता रहेको थियो ।