• २०८१ फाल्गुन ५ गते सोमवार

एमाले अध्यक्ष ओली धनकुटाको छिन्ताङमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनकुटा पुगेका छन । ४३ औं छिन्ताङ स्मृति दिवसका अवसरमा सहिदभूमि गाउँपालिकामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने अध्यक्ष ओली छिन्ताङ पुगेका हुन ।

त्यस्तै आज माओवादी र कांग्रेस त्यागेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । करिब २ हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने बताइएको छ ।

यसैगरी छिन्ताङ सहिद परिवारसँग पनि अध्यक्ष ओलीले भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेकपा एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी छन ।

प्रतिक्रिया दिनुहोस