• २०८१ असार ३ गते आइतवार

जंगलमा एक शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, चितवन। चितवनको टिकौली जंगलमा परिचय नखुलेका एक पुरुषको सडेगलेको अवस्थामा एक पुरुष शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान साढे ७ बजे अन्दाजी ६० वर्षका पुरुषको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा केही दिन अघि उनको मृत्यु भएको र कपडाले बेरिएको अवस्थामा पूर्व पश्चिम राजमार्गबाट १०० मिटरभित्र जंगलमा भेटिएको छ । हालसम्म शवको पहिचान हुन सकेको छैन । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस