• २०८१ फाल्गुन ७ गते बुधवार

अदालत परिसरमा प्रहरी र वकिलबीच हात हालाहाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, काठमाडौं । सर्वोच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच हात हालाहाल भएको हो ।

आन्दोलित कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि केही घाइते भएको जनाइएको छ । बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस