• २०८१ असार ३ गते आइतवार

रणनीतिक मार्गको ठाटीकाँध भैरवस्थान प्याडुल्ली सडकखण्ड विवाद समाधान

ठाटीकाँध भैरवस्थान प्याडुल्ली मटेला जोड्ने सहमती
जितेन्द्र थापा पढ्न लाग्ने समय : ३ मिनेट

भदौ ३०, सुर्खेत । आर्थिक विकास र प्रशासनिक क्षेत्रको सुधार गर्ने उद्धेश्यले २०६४ देखी संचालन भएको रणनीतिक मार्गकोे ठाटीकाँध भैरवस्थान प्याडुल्ली मटेला अन्र्तगतको भैरवस्थान प्याडुल्लीको विवाद समाधान भएको छ । क्षेत्र नम्बर २ का तीन नगरपालिका र दुइ गाउँपालिकाको विकासको मेरुदण्डका रुपमा हेरिएको सडक विवाद समाधान भइसकेको वडा नम्बर २ का वडा अध्यक्ष रुपलाल विश्वकर्माले बताए ।

यो रणनीतिक मार्ग क्षेत्र नम्बर २ का तीन नगरपालिका र दुइ गाउँपालिकाको विकासको मेरुदण्ड समेत मानिएको मार्ग हहो । उक्त २०६४ सालमा आठविसबाट कामको सुरुवात भएको थियो । पहिलो वर्ष ७४ लाख बजेट विनियोजित थियो । त्यसपछि ट्याक खोल्ने काम हुँदै आएको थियो । जस अन्र्तगत ठाटीकाँध भैरव स्थान प्याडुल्ली मटेला सडक खण्डमा ठाटीकाँध २ र १ वडाविच विवाद भएपछि ट्याक खुल्न सकेको थिएन ।

पहिले ठाटीकाँध पिपल चौतारा प्याडुल्ली लैजाने भन्ने वडा २ का वडा अध्यक्ष रुपलाल विश्वकर्मा र गाउँपालिका अध्यक्ष धीर बहादुर शाहीको योजना र भैरव स्थान छुट्याएर प्याडुल्ली हुँदै ट्याक खोल्न नदिने भन्ने १ नम्बर वडावासीकाले विवाद गर्दा विवादमै अड्किएको थियो । विवाद समाधानपछि अहिले ठाटीकाँध भैरवस्थान खातीगाँउ प्याडुल्ली हुँदै मटेला जोड्ने सहमति भएको भएको डाटीकाँध गाउँपालिका २ का वडा अध्यक्ष रुपलाल विश्वकर्माले बताए । ‘समाधान पश्चात् खातीगाउँ प्याडुल्ली हुँदै मटेला जोड्ने सहमति पश्चात् सर्भेको काम सकिएर डिपियार सहितको सहेल टेस्ट समेत भइसकेको छ,’उनले भने ।

समयमै अघि बढ्ने काम विभिन्न व्यक्तिका संका उपसंकाले अघि बढ्न नसकेको अब सर्भे पश्चात् सहज रुपमा अघि बढ्ने विकको भनाई छ ।
दैलेख क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचित सांसद राजबहादुर बुढाले सो सडकको अवधारण २०६४ सालमा सभासद हुँदा ल्याएका थिए । त्यो बेला जिल्ला सदरमुकामदेखि सिधै पश्चिम क्षेत्रका सबै ठाउलाई जोडेर सो क्षेत्रको आर्थिक विकास र प्रशासनिक सडकले टेवा पु¥याउने लक्ष्य छ ।

ट्याक खोल्नै १४ वर्ष बित्यो
२०६४ सालमा आर्थिक विकास र प्रशासनिक क्षेत्रको सुधार गर्ने उद्देश्यसहित दैलेख सदरमुकाम–राकम कर्णाली जोड्ने छोटो मार्गको रूपमा काम अघि बढेको थियो । त्यो बेला क्षेत्रीय सडकको रूपमा अघि बढेको सडकको हालसम्म खण्ड–खण्डमा ट्र्याक खोल्ने र एकसरो कच्ची सडकमा सीमित छ । पहिलो वर्ष सडकले रू ७४ लाख पाएपछि राकम–तीलेपाटा आसपास क्षेत्रसम्म ट्याक खोलिएको थियो । त्यो बेलामा प्रतिनिधि सभा सांसद राजबहादुर बुढा सभासद् थिए । ट्याक खोल्ने कार्य अझै जारी छ । देश संघीय संरचनामा आइसक्यो, उक्त सडकको स्तरोन्नति हुन सकिरहेको छैन । सडकमा पूर्णरूपमा साना–तिना गाडी चल्न सक्ने अवस्था पनि नभएको स्थानीय बताउँछन ।

शुरुवातदेखि हालसम्मको अवधिमा चारपटक शीर्षक बदलिएको छ । २०६४–७० सम्मको अवधिमा केन्द्रबाट दुईपटक सडकको शीर्षक नै हटाइएकको सांसद राजबहादुर बुढाले बताए । २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा सो क्षेत्रबाट लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भए र सडकको शीर्षक परिर्वतन भएर प्रशासनिक मार्गको रूपमा समेटियो । अहिले तीन वटा नगरपालिका र दुइवटा पालिका जोठ्ने रणनैतीक मार्गका रुपमा चिनिन्छ ।

हालसम्म चामुण्डाबिन्द्रासैनी नगरपालिका अन्तर्गत पर्ने बुडेली–हाडाको–मटेलासम्मको नयाँ ट्र्याक खुलिसकेको छ । बुडेली मटेला ठाटीकाँधको सडक स्तरोन्नतिका लागि एक सांसद एक क्षेत्र नम्बर अन्र्तगत स्तरोन्नतिका लागि १ करोड २० लाख छुट्याइएको सडक डिभिजन कार्यालय सुर्खेका इन्जिनियर तुलाराम सर्माले बताए । स्थानीय बताउँछन् । सांसद बुढाका अनुसार हालसम्म सडकमा करीब १५ करोड रुपैयाँ बराबरको काम भएको छ । गतवर्ष ठाटीकाँध गाउँपालिकाको बजार–स्याउँलेकाँध, ठाटीकाँध– भैरवस्थान स्तरोन्नति गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

सडकले गति लिन नसक्नुको मुख्य कारण राज्यबाट बजेट उपेक्षित मात्रामा आउनु देखिएको छ । सडकमा कहिले १, कहिले २ करोड त कहिले केन्द्रबाट शीर्षक नै हटाउने गरिएकाले कामले गति लिन नसकेको सरोकारवालाको भनाइ छ । गत आर्थिक वर्ष ०७७÷७८ देखि यो सडकलाई ‘एक निर्वाचन क्षेत्र एक सडक’ शीर्षकमा समेटिएको राजमार्गका लागि बुढाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस