भदौ ३०, काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत गएराति भएको खेलमा ओमनले नेपाललाई ५ विकेटले हराएको छ ।
ओमानमा जारी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको नेपाल दोस्रो खेलमा भने हिजो ओमानसँग ५ विकेटले नैं हारेको हो ।
अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३२ औं ओभरमा ५ विकेट गुमाएर पुरा ग¥यो ।
ओमानको जितमा सुरुवाती ब्याट्सम्यान जतिन्दर सिंहको १ सय ७ रन महत्वपूर्ण रह्यो । नेपालका लागि आरिम शेखले ९० रन जोेडेका थिए ।
यो हारसँगै नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेट तालिकामा पाँचौ स्थानमा उक्लने अवसर गुमाएको छ ।
नेपालको ६ खेलबाट ६ अंक भएको छ । शिर्ष स्थानमा रहेको ओमानको ११ खेलबाट १८ अंक भएको छ । श्रृंखलाको तेस्रो खेलमा नेपालले पर्सि शुक्रवार अमेरिकासँग खेल्नेछ ।