• २०८१ असोज २५ गते शुक्रवार

कांग्रेस पदाधिकारी बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौं । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे डाकिएको बैठक शुक्रबार दिउँसो २ बसे बजे गरि स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन आन्तरिक एवं बहुपक्षीय छलफलमा लाग्नु भएको छ । सर्वोच्च अदालतको परमादेशपछि यही असार २९ गते प्रधानमन्त्री बनेका देउवाले कांग्रेस र माओवादीबाट दुईदुई जना सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद बनाउँनु भएको छ ।

सरकारलाई विश्वासको मत दिलाउन संयुक्त सरकार बनाउने कोशिस गरिरहनु भएका देउवाले शुरूमा विपक्षी गठबन्धनमा रहेकाहरुलाई पनि सरकारमा सहभागी गराउने कोसिस गरिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस