• २०८१ असोज २२ गते मङ्गलवार

तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन : मन्त्री ज्ञवाली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुलुकमा तत्कालै स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्यसमेत रहनुभएका मन्त्री त्रवालीले महामारी नियन्त्रणमा लिन वतमान संरचना र कानुन नै पर्याप्त भएकाले सरकारले यसतर्फ नसोचेको स्पष्ट पार्नुभयो ।

पत्रकार कनकमणि दीक्षितसँगको एकघण्टा भन्दा लामो भिडयो वार्ताबका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान महामारी, खोपको उपलब्धता, अक्सिजन ब्यवस्थापन, राजनीतिक गतिरोध र नागरिक समाजका गतिविधि लगायतका बिषयमा सरकारी घारणा प्रस्तुत गर्नुभयो । अहिलेका अक्सिजन हाहाकारका सम्बन्धमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘महामारीले अक्सिजन उत्पादनमा पार्ने दबाबको आकंलन गरेर तयारी गर्न हामी पछि परेको देखियो ।’

प्रतिक्रिया दिनुहोस