• २०८१ भाद्र २५ गते मङ्गलवार

लमजुङमा पौडी खेल्ने क्रममा डुबेर दुईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २,लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका-३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुईजनाको मृत्यु भएको छ ।

घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङलर जनाएको छ ।

उनीहरुलाई पौडी खेल्न नआउने र खोला गहिरो भएका कारण डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई किशोरीसँगै अन्य दुईजना साथी पनि घाँस काट्नसँगै गएका थिए ।

प्रतिक्रिया दिनुहोस