• २०८० मङ्सिर १२ गते मङ्गलवार

माओवादी केन्द्रीय कमिटी बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले स्थगित गरिएको हो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टीको नाम परिवर्तनलगायतका एजेन्डा थिए । शनिबारको बैठकमा नेताहरुले प्रदेशगत रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस