चैत २, स्याङ्जा। स्याङ्जामा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । जङ्गलमा सिकार खेल्न हिँडेका हरिनास गाउँपालिका-४ कुलुङखोला सानिस्वाराबाट सोही ठाउँका ३६ वर्षीय हेमबहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेललाई इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पक्राउ परेका उनीहरुको साथबाट एउटा भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १७ थान छर्रा र ५ ग्राम बारुदसमेत बरामद गरेको छ ।