चैत २, काठमाडौँ। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको लेस्टरले शेफिल्ड युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गर्यो । लेस्टरका लागि केलिची इहिनाचोले ह्याट्रिक गरे ।
उनले खेलको ३९ औँ, ६९ औँ र ७८ औँ मिनेटमा गोल गरे । यस्तै, आयोजे पेरेजले एक गोल गरे । शेफिल्ड युनाइटेडले आत्मघाती गोल गर्दै एक गोल उपहार दियो । जितसँगै लेस्टरको २९ खेलबाट ५६ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलमा ५७ अङ्क छ ।