• २०८१ चैत्र १३ गते बिहिवार

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १७ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३,एजेन्सी। बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १७ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को पछिल्लो तथ्याँक अनुसार बेलायतमा पछिल्लो २४ घन्टामा थप २५८ जना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाका मृतक संख्या एक लाख १७ हजार १६६ पुगेको छ ।

यसैगरि बितेको २४ घन्टामा थप १० हजार जना नयां संक्रमित थपिएको स्वास्थ्य विभागले जानकारी दिएको छ । संक्रमित संख्या पनि निकै समयपछि दश हजारमा झरेको हो । बेलायतमा आकुल संक्रमितको संख्या ४० लाख ३८ हजार ७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस