• २०८१ जेष्ठ ३१ गते बिहिवार

नेपाली भन्नुको गर्व :पृथ्वीनारायण शाह

जय प्रकाश बगाले (जे. पी) पढ्न लाग्ने समय : २ मिनेट

अमेरिकिहरु जर्ज वासिंगटन लाइ मान्छन, चिनियाँ हरु माओत्सेतुङ लाइ मान्छन, भारतियहरु माहात्मा गान्धी लाइ मानछन । नेपाललाइ कुनै भगवानले बनाइदिएका होइनन, न त माओत्सेतुङ ले नेपाल चिने, न जर्ज वासिंगटन ले देखे, न त गान्धीको कुनै योगदान, कसैले यो देश नेपाल बनाउनुमा कुनै योगदान गरेको छ भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले हो । ईतिहासमा पृथ्वीनारायण शाह नभएको भए थाहा छैन सायद नेपाल र नेपाली पहिचान नरहन पनि सक्थ्यो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान लाइ कसैले झिनो सम्झन्छ भने त्यो ईतिहास प्रतिको गम्भीर भुल हुनेछ ।

सरकारले अग्रज र पुर्खाहरुले राज्य निर्माणका निम्ति गरेको योगदानको सधैं सम्मान गर्ने विश्वब्यापी परम्परा छ । छरिएर रहेका बाइसे र चौबीसे राज्यहरू एकिकरण गरेर ईतिहासमा नेपाल भनेर चिनाउने उनै पृथ्वीनारायण शाह आज नेपालका कथाकथित प्रगतिशील दलहरुले उनलाइ सामन्तबाद को प्रतिक भनेर सम्बोधन गर्नु भनेको नेपाल एकिकरण हुनु ठिक थिएन भन्नु सरह नै हो । हामि नेपाली भनेर गर्व गर्नुको सम्पुर्ण श्रेय सायद उनैमा जान्छ । नेपाल एकिकरण नभएको भए यि दलहरु पनि हुने थिएनन् होला, त्यतातिर ध्यान जान नसक्नु ति दलहरुको कमजोरि मात्र नभएर इतिहासप्रतिको अपमान पनि हो ।

समयको गतिसँगै ईतिहासले कोल्टे फेर्छ, ब्यबस्था परिवर्तन हुन्छ स्वभाविक प्रकृया हो, तर पनि राष्ट्र निर्माता, ईतिहासका रचनाकार परिवर्तन हुदैन । राज्य ब्यबस्था र अहिलेको संविधानमा पनि धेरै खोटहरु छन तथापी अहिलेको ब्यबस्थामा राष्ट्र निर्माता को लागि अलिकति ठाउँ दिदा ब्यबस्थाको अपमान हुदैन । केहि योगदान नभएका पुर्वमन्त्री, पुर्ब प्रधानमन्त्री, बिशिष्ट नेताहरुले अनाहकमा राज्यको दोहोन गर्न मिल्ने, राष्ट्र निर्माता लाइ एउटा सम्मान दिन नसक्ने पनि कुनै प्रगतिशील राज्य हुन्छ रु बर्षको एक दिन उहाँको योगदानलाइ कदर गर्दै राष्ट्रिय एकता दिवस मनाउदा राज्य व्यवस्थाप्रति को अपमान हुदैन, न त कुनै दुष्परिणाम नै आउछ । सारा जनताले सम्मान र आदर ब्यक्त गरेको यति ठूलो राष्ट्रिय एकता दिवस लाइ जनमतप्राप्त सरकारले हटाउन मिल्दैन, कसको आदेश र ईसारामा चलेका छ त अहिलेसम्मका सरकारहरु भन्ने कुराको ज्वलन्त उदाहरण यहि हो ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्तीको अवसरमा आज हुने राष्ट्रिय एकता दिवस भब्यताका साथ मनाएर राष्ट्रलाई चिरस्थायी बनाउन पृथ्वीनारायणको प्रेरणालाई आम जनमानसमा उजागर गर्दै राज्य निर्माताको सम्मान गर्न राज्यलाइ पनि दबाब सिर्जना गरौ । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको ईतिहासको सम्मान गरौ ।

प्रतिक्रिया दिनुहोस