• २०८१ भाद्र २५ गते मङ्गलवार

लागुऔषध कारोवारमा संलग्न  तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, ताप्लेजुङ। ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका अमृत लाबुङ (लिम्बू),  झापाको  कल्पना गुरुङ र भारतीय नागरिक  रुपन साह भनिने मनोज साह रहेका छन् ।

उनीहरुलाई लागुऔषधको कारोवारमा संलग्न रहेको भन्ने गोप्य सूचनाका आधारमा छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार अमृत लाबुङ २५.८१ ग्राम हिरोइनसहित फुङलिङ नगरपालिका–६ गुम्बा चोकबाट पक्राउ परेका हुन् भने मनोज साह फुङलिङ नगरपालिका–७ मा पर्ने मेची राजमार्गबाटै ४०० मिलीग्राम हिरोइनसहित पक्राउ परेका हुन् ।

फरक–फरक मिति र स्थानबाट पक्राउ परेका तीनै जनालाई बिहीबार प्रहरीले पत्रकार भेटघाट कार्यक्रमका बीच सार्वजनिक गरेको थियो । लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले विशेष योजनाका साथ खोजतलास तथा अनुसन्धान कार्यलाई अघि बढाएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस