• २०८१ जेष्ठ ३१ गते बिहिवार

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका -१ चैनपुरमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०७५ नंको ट्रकले बिहीबार राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज-१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षकले बताए । तराईमा बाक्लो हुस्सु लागेकाले गति सीमित गरी सवारी चलाउनसमेत उनले आग्रह गरे । उनले दुर्घटना गराउने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस