• २०८१ चैत्र १२ गते बुधवार

फ्रान्समा थप कडा कर्फ्यूको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, एजेन्सी। कोरोनाका कारण फ्रान्समा देशव्यापी रुपमा लागू भइरहेको करफ्यू थप कडा हुने घोषणा गरिएको छ । फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेदेखि फ्रान्समा देशव्यापी रुपमा लागू गरिएको रातीको कर्फ्यूको ढाँचामा परिवर्तन गरिने जानकारी दिएका छन् ।

डिसेम्बरदेखि नै फ्रान्समा रातीको करफ्यू जारी छ तर कोरोनाको बढ्दो मामिलालाई मध्यनजर गर्दै यसमा थप कडाई गर्न लागिएको हो ।हाल राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्छ तर शनिबारदेखि बेलुका ६ बजेदेखि कर्फ्यू लागू गरिनेछ । यो नयाँ नियम कम्तीमा १५ दिनसम्म लागू रहनेछ ।

प्रतिक्रिया दिनुहोस