मंसिर २८, काठमाडौं । प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न आउँदो पुस १० र ११ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।
सो सङ्गठनले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा थप मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक तय गरिएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो । आगामी फागुनभित्र अधिवेशन सम्पन्न गरिने कार्ययोजना बनाइएको छ ।