भदौ २९, काठमाडौँ । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय बाल दिवसको अवसरमा कीर्तिपुर नगरपालिका-६, चोभार स्थित असहाय बाल आश्रमका बालबालिकाहरूको लागि खाद्यान्न तथा न्यानो कपडा खाद्यान्न तथा कपडा वितरण गरेको छ ।
संघका अध्यक्ष किरण पौडेल नेतृत्वमा गएको टोलीले बालगृहमा रहेका बालबालिकाहरूको लागी ३० बोरा चामल, लत्ताकपडा, फलफूल, तरकारी आदि आश्रमका अध्यक्षलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा सङ्घ नेपाल उपमहासचिव रामजी सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेल सहित उपाध्यक्ष सन्तोष रावल, क्षितिज थेबे, पुष्प श्रेष्ठ, अशोक चौलागाईं, अञ्जना अधिकारी, उपमहासचिव रामजी सापकोटा, सचिव महाराज गुरुङ, विष्णुहरि त्रिपाठी, सीता सुवेदी, रामकाजी बान्तवा, प्रकाश गौतम, स्थायी कमिटी सदस्य निरोज पौडेल, महेश चौलागाईं, वकिल बम, सचिवालय सदस्यहरु प्रदीप तिम्सिना, मन्जिव क्षेत्री, समुन्द्र तिमिल्सिना, राजु पहारी, कृष्ण जैसी र केन्द्रीय सदस्य ईश्वर लोहनी लगायतको उपस्थिति रहेको थियो ।