• २०८१ चैत्र १३ गते बिहिवार

माधव नेपालले पतनको बाटो रोजे : अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले पतनको बाटो रोजेको बताएका छन् । आज गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे ।

उनले बनाएको पार्टीले आगामी चुनावमा वडा सदस्य पनि जिच्न नसक्ने एमाले अध्यक्ष ओलीको दाबी छ । अध्यक्ष ओलीले माधव नेपाललाई कमरेड नभन्न समेत आग्रह गरे । उनले पनतको बाटो रोजेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘अब कमरेड माधव नेपाल होइन, एमाले विरोध माधव नेपाल ।’

ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको बताए । पिलो निचारिँदैमा वजन घटेको हुन्न भन्ने गायक जीवन शर्माको गीत स्मरण गर्दै उनले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’ १५ वर्षसम्म एमालेबाट फाइदा मात्र लिएको भन्दै उनले भने, ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिए । यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ । पक्लक्क फुक्लियो ।

प्रतिक्रिया दिनुहोस