भदौ २९, मोरङ। २३ ग्राम ब्राउन सुगरसहित दुईजनालाई मोरङबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पथरी नगरपालिका-२ बुद्ध चोक बस्ने ३४ वर्षीय भिमराज राई र सोही नगरपालिका-२ बस्ने अनुप सुब्बा लिम्बुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट २३ ग्राम ब्राउन सुगर लागु औषध, २ वटा मोबाइल बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।