• २०८१ फाल्गुन ७ गते बुधवार

पशुपती नाथको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

राशिफल पढ्न लाग्ने समय : ५ मिनेट

 वि.सं. २०७८ भाद्र २९ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर १४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (ञलाथ्व), नेपालमा सूर्योदय : बिहान ०५:४८ बजे र सूर्यास्त : साँझ ०६:०९ बजे, भाद्रपद शुक्लपक्षको अष्टमी तिथि, दिउँसो ०२:४८ बजेसम्म, त्यसपछि नवमी तिथि, ज्येष्ठा नक्षत्र, बिहान ०९:४५ बजेसम्म,

त्यसपछि मूल नक्षत्र मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । दिउँसोबाट भाग्य स्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यक्षेत्रमा समेत राम्रो छैन । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – उल्झन सुल्झाउने महत्त्वपूर्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइनेछ । दिनभरि मन प्रफुल्ल रहने छ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । याद गर्नुहोला, आज जसरी भए पनि घरव्यवहार, भौतिक सुख र मायाप्रेमका लागि समय निकाल्ने दिन हो । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइनेछ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – चौथो घरमा चन्द्रमा भए दिन लाभदायक रहने छ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक/सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – दिन रमाइलो गरी बित्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्त्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । बन्दव्यापारमा फाइदा छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउन सक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – जोखिम हुने काममा हात नहाल्नु राम्रो हुन्छ । सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुने सम्भावना छ, तर आफ्नै क्रियाकलापले नकारात्मक असर पर्न सक्छ । तपाईंले गर्नु भएको बाचा पूरा गर्न सङ्घर्ष गर्नुपर्छ । बन्धुबान्धव र दाजुभाइले कामधन्दामा सहयोग गर्न सक्दैनन् । मातापिताको आशीर्वाद प्राप्त गरेमा हाँके/ताकेका जुनसुकै काममा सफलता पाउन सकिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ

प्रतिक्रिया दिनुहोस