साउन ३०, हुम्ला । सिमकोट गाउँपालिका-६ स्थित सिमकोट विमानस्थलबाट करिब ५ केजी ३ सय ग्राम यार्सागुम्बा सहित नाम्खा गाउँपालिका-१ हेप्का बस्ने ३१ वर्षीय नुर्बु तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंजबाट तारा एयरलाईन्सको उडानबाट आएका उनलाई उक्त विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हुम्लामा बुझाइएको छ ।