• २०८२ बैशाख ९ गते मङ्गलवार

एमाले सांसदको विरोधकै बीच गण्डकीमा बजेट पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, कास्की । गण्डकी प्रदेशको आउँदो आर्थिक वर्ष २०७८०र७९ को बजेट प्रदेश सभाबाट पारित भएको छ । आज बुधवार बसेको प्रदेश सभा बैठकमा अवरोधका बीच बजेट पारित भएको हो ।

गएको असार १ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशको आउँदो वर्षका लागि ३० अर्ब तीन करोड ९४ लाखको बजेट सभामा पेस गर्नुभएको थियो । यसअघि लगातार तीन पटक बैठकमा अवरोध भएपछि आज भने अवरोधकै बीच बजेट पारित सम्बन्धी प्रस्ताव सभामा पेस भएको हो ।

सरकारले जबरजस्ती बजेट पारितको प्रस्ताव गर्न लागेपछि एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै रहेको टेबल उठाएर फाल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस